२८ असार २०८२, शनिबार
Follow Us

पत्रकार महासंघ यूकेमा फर्जी निर्वाचन, निर्वाचन नमान्ने प्रेस युनियनको घोषणा

नेपालब्रिटेन डट कम्
५ श्रावण २०८१, शनिबार २०:०७

लण्डन । नेपाल प्रेस युनियन बेलायत र यूरोप शाखाले नेपाल पत्रकार महासंघ वेलायत शाखाको निर्वाचनलाई फर्जी भनेका छन् । प्रेस युनियन बेलायत शाखाका अध्यक्ष विपिन निरौला र यूरोप शाखाका अध्यक्ष संजय कंडेलले शनिवार संयूक्तरुपमा विज्ञप्ति जारी गर्दै नेपाल पत्रकार महासंघ केन्द्रको जेष्ठ २३ गतेको अवज्ञा गर्दै शाखाको निर्वाचनको लागि संयोजक तोकिएका पूर्वअध्यक्ष नरेश खपांगीमगरको बालहठका कारणले निर्वाचन फर्जी प्रकृयाबाट भएको दावी गरेको हो ।

विज्ञप्तिमा ‘नेपाल पत्रकार महासंघ केन्द्रको जेष्ठ २३ गतेको पत्रानुसार सो अधिवेशन रद्ध भएको हो । शाखाको निर्वाचनको लागि संयोजक तोकिएका पूर्वअध्यक्ष नरेश खपांगीमगरको बालहठका कारणले निर्वाचन फर्जी प्रकृयाबाट भएको’ उल्लेख छ ।

अध्यक्ष पदको लागि तीन जनाको उम्मेदवारी कायम रहेको बेला एउटै उम्मेदवारलाई शतप्रतिशत भोट हालेर विजयी घोषणा गर्नु यो निर्वाचन लज्जास्पद र गैरकानूनी भएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा ‘संस्थालाई विभाजन सम्म पु–याउन सहयोग गर्ने संस्थाका निवर्तमान अध्यक्ष ध्रुवराज अर्याल र निर्वाचन संयोजक खापांगङी मगरमाथि तत्काल छानविन गर्न सम्बन्धीत निकायमा अपिल गरिन्छ । केन्द्रको पत्रलाई वेवास्ता गर्नु, ९ वर्ष देखि केही मानिसहरुको झुण्ड मात्र सदस्य रहनु, निर्वाचन संयोजकले एकल निर्णयबाट फर्जी निर्वाचन गराउनु, र, निवर्तमान अध्यक्ष अर्यालले, अर्का अध्यक्ष विपिन निरौलासंग गरेको सहमतिलाई वेवास्त गर्दै अघि बढेका कारणले संस्था विभाजको संघारमा पुगेको’ दावी गरिएको छ ।

विज्ञप्तिमा ‘शाखाको सदस्यताको लागि आवेदन दिएका मध्ये अधिकांसलाई विना कारण सदस्यता रोकेर सदस्यता शुल्क असुल्ने काम पनि निन्दनिय हो । नेपाल पत्रकार महासंघ अन्तराष्ट्रिय पत्रकार महासंघ (आइएफजे) को सदस्यता खारेज भैसकेको अवस्थामा आइएफजेको सदस्यताको लागि भन्दै आर्थिक संकलन गर्नु र हालसम्म सो पैसाँ फिर्ता समेत नगर्नु आर्थिक अपचलनको प्रमाण हो’ उल्लेख छ ।

धेरै पढिएको