१५ श्रावण २०८२, बिहीबार
Follow Us

पूर्वमुख्यमन्त्री केदार कार्कीले सचिवलाई कुट्ने धम्की दिएको आरोप

नेपालब्रिटेन संवाददाता
८ श्रावण २०८१, मंगलवार १३:४३

काठमाडौं । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईलाई कुटपिट गर्ने धम्की दिएको आरोप लागेको छ ।

पूर्व मुख्यमन्त्री कार्कीले टेलिफोनबाट उक्त धम्की दिएको भन्दै भट्टराईले जिल्ला प्रशासन कार्यालय मोरङमा निवेदन समेत दिएका हुन् । आफ्नो कार्यालयमा निवेदन परेको मोरङका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जानकारी दिएका छन । उनले भने, ‘उहाँले आफूलाई फोनमार्फत चुट्छु भनेर भन्नु भएको भनेर निवेदन दिनुभएको छ, ‘जो सुकैले कसैलाई पनि कु्ट्छु, चुट्छु भन्न पाउँदै । मैले यो निवेदनबारे नोटिस गरेको छु ।

एसपी साबसँग पनि कुरा भएको छ । उहाँलाई शान्ति सुरक्षा दिने कुरामा हामी प्रतिबद्ध छौँ ।’ कांग्रेसका नेतासमेत रहेका निवर्तमान मुख्यमन्त्री कार्कीले आफू मुख्यमन्त्री भएको बेलाका खेलकुद प्रतियोगिताको बजेट निकासा नगरेको र अब पनि नगरे ठिक नहुने भन्ने हिसाबले धम्की दिएको सचिव भट्टराईले बताए ।

भट्टराईले जिल्ला प्रशासन कार्यालयमा दिएको निवेदनको बोधार्थ कोशी प्रदेशका प्रमुख सचिव केदारनाथ शर्मालाई पनि दिएको पनि जानकारी दिए ।

धेरै पढिएको