२७ असार २०८२, शुक्रबार
Follow Us

विमान दुर्घटनामा घाइते पाइलट ‘खतरामुक्त’

नेपालब्रिटेन संवाददाता
९ श्रावण २०८१, बुधबार १३:५६

काठमाडौं । आज बुधबार काठमाण्डुको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यको अवस्था ‘खतरामुक्त’ रहेको छ ।

सौर्य एयरको ९–एनए एमई विमान दुर्घटनामा परेका शाक्यको अवस्था ‘खतरामुक्त’ रहेको काठमाण्डु मेडिकल कलेजले जानकारी दिएको छ । उनको आँखाको अप्रेसन गरिएको अस्पतालका एक अधिकारीले जानकारी दिएका छन ।

अस्पतालका अनुसार उनी हाल बोल्न सक्ने अवस्थामा छन् । उनको शरीरमा जलन नभएपनि चोटमात्र देखिएको अस्पतालले जानकारी दिएको छ । विमानमा सवार १९ जनामध्ये १८ जनाको मृत्यु भएको छ । पाइलट शाक्यको मात्र सकुशल उद्धार भएको थियो ।

धेरै पढिएको