काठमाडौं । आज बिहीबार शेयर बजार कारोबार मापक परिसूचक नेप्से ३२.०२ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २५६८ अंकमा कायम भएको छ । त्यस्तै १४ अर्ब १३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
अघिल्लो दिन १६ अर्ब २० करोडको भएको थियो । यस दिन माइक्रोफाइनान्स समूहको सूचक सबैभन्दा धेरै ६.८ प्रतिशत बढ्यो । बैंकिङ १.३६, फाइनान्स १.२२, होटल तथा पर्यटन ०.४२, जीवन बीमा ०.७१, उत्पादन ०.८६, निर्जीवन बीमा २।९५ तथा व्यापार समूहको सूचक ०.८१ प्रतिशत बढेको छ ।
अन्य ०.३३, लगानी ०.७३, हाइड्रोपावर ०.१० र विकास बैंक समूहको सूचक ०.३५ प्रतिशत घट्यो । उपकार लघुवित्त, जीवन विकास लघुवित्त, एसियन हाइड्रोपावर, गणपति लघुवित्त, राष्ट्रिय बीमा कम्पनीको मूल्य १० प्रतिशत बढ्यो ।
आरएसडीसी लघुवित्तको ९।७, नाडेप लघुवित्तको ९.७, लक्ष्मी लघुवित्तको ९.७ तथा बोटलर्स नेपाल तराईको मूल्य ९.५ प्रतिशत बढ्यो । मितेरी डेभलपमेन्ट बैंकको ७।६ र माण्डु हाइड्रोपावरको मूल्य ४.६ प्रतिशत घट्यो ।