५ माघ २०८१, शनिबार
Follow Us

चोलेन्द्र र कलाले भलाम डाँडा गाउँले भेलामा प्रस्तुती दिने

नेपालब्रिटेन डट कम्
१० श्रावण २०८१, बिहीबार २०:४२

लन्डन । नेपालका चर्चित दुई कलाकारले भलाम डाँडा गाउँ समाज युकेको वार्षिक भेलामा आफ्नो प्रस्तुती दिने भएका छन् ।

गायक चोलेन्द्र पौडेल र गायिका कला लम्सालले भलाम डाँडा गाउँ समाज युकेको यही शनिबार २७ जुलाईमा हुने वार्षिक गाउँले भेलामा विशेष प्रस्तुती दिने भएका हुन् ।

योर्क टाउन रोड स्यान्डहस्र्टमा मध्याह्न १२ देखि राति ८ बजेसम्म हुने कार्यक्रममा डीजे, राफल ड्र लगायत आकर्षण रहने आयोजकले जनाएको छ ।

कार्यक्रममा सहभागी हुन् संस्थाका अध्यक्ष धीर गुरुङले आग्रह गरेका छन् ।

सांगीतिक कार्यक्रमका साथै विभिन्न व्यक्तिलाई सो समारोहमा सम्मान गरिने संस्थाले जनाएको छ ।