२० आश्विन २०८१, आईतवार
Follow Us

प्रहरीले रोक्दारोक्दै महाकालीमा हामफालेर किशोरी बेपत्ता

नेपालब्रिटेन संवाददाता
१३ श्रावण २०८१, आईतवार ०५:३०

दाचुला । दार्चुलामा प्रहरीले रोक्दारोक्दै एक किशोरी महाकाली नदीमा हामफालेकी छन् । प्रहरीका अनुसार दुहु गाउँपालिका–४ थाराकी १७ वर्षीया धनिसा कुँवर खलंगास्थित महाकाली नदीमा हामफालेर बेपत्ता बेपत्ता भएकी हुन् ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्र सिंहका अनुसार शनिबार साँझ तटबन्धनको पर्खालबट किशोरी हामफाल्न लागेको खबर पाएलगत्तै प्रहरी टोली त्यसतर्फ गएको थियो ।

स्थानीय र प्रहरीले रोक्ने प्रयास गर्दा उनले आफ्नो नजिक नआउन चेतावनी दिएकी थिइन् । प्रहरीले नियन्त्रणमा लिनै खोज्दा किशोरी नदीमा हामफालिन् । शनिबारदेखि नै खोजीकार्य जारी राखिएको भए पनि फेला नपरेको प्रहरीले जनाएको छ ।