२० आश्विन २०८१, आईतवार
Follow Us

भारतलाई हराउदै श्रीलंकाले जित्यो महिला एशिया कपको उपाधि

नेपालब्रिटेन संवाददाता
१३ श्रावण २०८१, आईतवार १४:०४

काठमाडौँ । श्रीलंकाले महिला एशिया कप टी-२० क्रिकेटको उपाधि जितेको छ । श्रीलंकाले फाइनल खेलमा भारतलाई ८ विकेटले पराजित गर्दै पहिलो पटक टी-२० महिला एशिया कपको उपाधि जितेको हो ।

भारतले दिएको १६६ रनको लक्ष्य पछाएको श्रीलंकाले १८.४ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

श्रीलंकाका लागि हर्शिथा समाराविक्रमाले सर्बाधिक ६९ रन बनाएकी थिइन् भने कप्तान चामारी अट्टापट्टूले ६१ रन बनाएकी थिइन् । त्यस्तै कभिशा दिलहरिले अविजित ३० रन बनाएकी थिइन् । यस अघि पहिला ब्याटिंग गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १६५ रन बनाएको थियो ।