३२ असार २०८२, बुधबार
Follow Us

भारतको केरलमा पहिरोमा परी १ नेपालीसहित ३६ जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
१५ श्रावण २०८१, मंगलवार १४:०१

काठमाडौं । भारतको केरलमा पहिरो जाँदा अहिलेसम्म एक नेपाली सहित ३६ जनाको मृत्यु भएको छ । मंगलबार बिहान केरलको वायानड जिल्लामा पहिरो जाँदा ३६ जनाको मृत्यु भएको प्रेस टप्स अफ इण्डिया (पिटिआई) ले जनाएको छ ।

केन्द्रीय र प्रदेशीय सरकारले खोजी तथा उद्धारको काम अघि बढाएको उक्त समाचारमा उल्लेख गरिएको छ । टाइम्स अफ इन्डियाले थोन्दरनाड गाउँमा बसिरहेका नेपाली परिवारका एक वर्षीय बालकको मृत्यु भएको समाचारमा उल्लेख गरेको छ । यसबारे विस्तृत विवरण भने आइसकेको छैन।

केरलमा मंगलबार दिउँसो पनि भारी वर्षा भइरहेको छ। केरल राज्य विपद व्यवस्थापन, सेनालगायत विभिन्न उद्धारकर्मीको टोली पनि खटिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले पहिरोमा परी ज्यान गुमाएकाहरूको परिवारलाई दुई लाख रुपैयाँका दरले राहत र घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेका छन् ।

धेरै पढिएको