२७ असार २०८२, शुक्रबार
Follow Us

प्रवास हेर्न एमालेले तीन केन्द्रीय सदस्य खटायो

नेपालब्रिटेन डट कम्
१७ श्रावण २०८१, बिहीबार १८:२४

लण्डन। नेकपा एमालेले २०८१ को कार्ययोजना लागू गरेको छ। बिहीबार बसेको पार्टीको ३४ औं सचिवालय बैठकले नयाँ कार्यविभाजन गरेको हो।

एमालेले सातैवटा प्रदेशमा इन्चार्ज हेरफेर गरेको छ। त्यस्तै प्रदेश, विभाग र जिल्ला इन्चार्जको जिम्मेवारीमा पनि हेरफेर गरेको छ।

नेकपा (एमाले) ले प्रवास क्षेत्रतर्फ पूर्वी एशिया र ओसिनियाको प्रमुखमा डा सूर्य पाठकलाई तोकेको छ । उनी बाग्लुङ्ग जिल्लाका पूर्व सांसद हुन् । डा. पाठकलाई पार्टी आफ्नै निर्वाचन क्षेत्रको इन्चार्जको समेत जिम्मेवारी दिएको छ ।

एमालेले मध्यपूर्व ईन्चार्जमा उमाशंकर अरगरिया र यूरोप, अमेरिका ईन्चार्जमा घनश्याम पाण्डेलाई जिम्मेवारी दिएको छ । पाण्डेले समग्र प्रवासको संयोजन तथा कार्यालयले हेर्ने गरी जिम्मेवारी तोकिएको छ ।

यसअघि फरक भूगोल कार्यक्षेत्र हुने गरी तय गरिएको कार्यविभाजन परिवर्तन गरी केन्द्रीय सदस्यहरूलाई आफ्नै भूगोलमा खटाएको छ।

एमालेले परराष्ट्र मामिला विभागको प्रमुखको जिम्मेवारी सचिव रघुवीर महासेठलाई दिएको छ। यसअघि उक्त विभागको प्रमुख राजन भट्टराई थिए। भट्टराई बागमती प्रदेशको इन्चार्ज बनेका छन्।

सचिव योगेश भट्टराईले संसदीय फाँटको विभागीय प्रमुखको जिम्मेवारी पाएका छन्।

धेरै पढिएको