२९ भाद्र २०८१, शनिबार
Follow Us

सर्वोच्च अदालतद्वारा एनआरएनए अध्यक्षमा डा. बद्री केसीलाई पुर्नवाहाली गर्न आदेश

नेपालब्रिटेन डट कम्
२२ श्रावण २०८१, मंगलवार १०:५०

‘११ औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई यथास्थानमा काम गर्न आदेश’

लण्डन । सर्वोच्च अदालतले गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्षमा डा. बद्री केसीलाई पुर्नरवाहाली गर्न आदेश दिएको छ ।

गैरआवासीयय नेपाली संघको ११ औं महाधिवेशसनबाट निर्वाचित अन्तराष्ट्रिय परिषदको तर्फबाट संघका सहकोषाध्यक्ष कृष्णप्रसाद तिमिल्सिना समेत चार जनाले दिएको रिटमा सर्वोच्चले मंगलवार अन्तिम सुनुवाई पछि उक्त फैसला सुनाएको हो ।

सर्वोच्च अदालतका न्यायधिशद्धय तिलकप्रसाद श्रेष्ठ र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले परराष्ट्र मन्त्रालयको नीति योजन विकास कुटनीति तथा विदेशले अध्यक्ष डा. बद्री केसीको कार्यसमितिलाई काम गर्न रोक लगाएको पत्र बदर गरिदिएको हो ।

यसअघि गत अप्रील महिनामा सर्वोच्च अदालतका न्यायधिशद्धय सपना प्रधान र डा. नकुल सुवेदीको इजलासले संघको १० औं महाधिवेशनमा स्थापित बहुपदीय प्रणाली खारेज गर्दै संघका पूर्वअध्यक्ष शेष घलेलाई ६ महिनाभित्र निर्वाचन गर्न आदेश दिएको थियो । तर संघको कार्यकारी अधिकारको बारेमा सो फैसला अन्योलमा रहे पछि तिमिल्सीना सर्वोच्चमा पुगेका थिए ।

प्रधान र सुवेदीको फैसलाको पूर्णपाठ लामो समय सम्म सार्वजनिक नहुँदा संघको विवादलाई थप जटिल बन्दै गएको थियो । गत मंगलवार मात्र सो फैसलाको पूर्णपाठ ७ नम्बर इजलासमा प्रस्तुत भएको थियो ।