२६ फाल्गुन २०८२, मंगलवार
Follow Us

संसारकै अस्वस्थ शहरमध्ये काठमाडौं दोस्रो स्थानमा

नेपालब्रिटेन संवाददाता
२६ फाल्गुन २०८२, मंगलवार ०६:००

काठमाडौं । काठमाडौंको वायु प्रदुषण निकै अस्वस्थ तहमा पुगेको छ । आज बिहान काठमाडौंमा वायु प्रदूषणले निकै अस्वस्थको तह पार गरेको छ ।

रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार आज बिहान १० बजे काठमाडौंको वायु गुणस्तर इन्डेक्स (एक्यूआई) २१३ छ । जबकि १५० नाघ्नुलाई नै अस्वस्थ मानिन्छ । २०० माथि पुग्नुलाई निकै अस्वस्थ मानिन्छ ।

नेपाल सरकारबाट स्वीकृत वायु गुणस्तर सूचकांक अनुसार ०–५० हुँदा राम्रो, ५१–१०० हुँदा मध्यम, १०१–१५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० अस्वस्थ, २०१–३०० निकै अस्वस्थ मानिन्छ । ३०१ भन्दा माथि भएमा खतरनाक तहमा पुगेको संकेत गर्दछ ।

काठमाडौं आज समग्रमा संसारकै अस्वस्थ शहरमध्ये दाेस्राे स्थानमा रहेको छ । पहिलो स्थानमा भारतको दिल्ली रहेकाे छ ।

धेरै पढिएको