३० असार २०८२, सोमबार
Follow Us

बेलायतमा हुलदंगा बढ्दो, सर्तक हुन् लण्डनस्थित नेपाली दूतावासको आग्रह

नेपालब्रिटेन डट कम्
२२ श्रावण २०८१, मंगलवार १४:००

लण्डन । लण्डनस्थित नेपाली दूतावासले केही दिनदेखि बेलायतका विभिन्न शहरमा प्रदर्शनरहुलदंगा चलिरहेको हुँदा बेलायतमा रहेका नेपालीहरुलाई सर्तक हुन आग्रह गरेको छ ।

लण्डनस्थित नेपाली दूतावासले मंगलवार एक विज्ञप्ति जारी गर्दै बेलायतमा हुलदंगा भएको स्थानमा भ्रमण नगर्न तथा प्रदर्शनमा सहभागी नहुन अनुरोध गरेको छ ।

राजदूतावासले बेलायतमा भैरहेको दंगाको परिस्थितीलाई नजिकबाट नियाली रहेको जनाएको छ ।

दूतावासले सम्पूर्ण नेपाली नागरिकहरुलाई आवश्यक सुरक्षा सतर्कता अपनाउन एवं स्थानीय सञ्चारमाध्यम तथा सुरक्षा निकायले जारी गरेको सूचनाहरु ध्यानपूर्वक पालना गर्न बेलायतस्थित नेपाली संघ संगठनहरुलाई आफ्नो संस्थारसमुदायमार्फत नेपाली नागरिकहरुलाई सुरक्षा सतर्कता अपनाउन अनुरोध गरेकोछ ।

आपतकालीन अवस्थामा नेपालीहरुले लण्डनस्थित राजदूतावासको निम्न फोन नम्बर मार्फत सम्र्पक राख्न सक्ने छन् ।

Embassy of Nepal
12A Kensington Palace Gardens, London, W8 4QU
Email: [email protected], [email protected]
Phone: +44 (0) 20 7229 1594, +447404939274

धेरै पढिएको