११ बैशाख २०८२, बिहीबार
Follow Us

लुम्बिनीका मुख्यमन्त्री आचार्यले भदौ ४ गते विश्वासको मत लिने

नेपालब्रिटेन संवाददाता
३० श्रावण २०८१, बुधबार १४:०४

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ ४ गते विश्वासको मत लिने तयारी गरेका छन ।

लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशनको २५ औँ बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने कार्यूसुचि रहेको प्रदेश सभा सचिव दुर्लभ पुन मगरले जानकारी दिएका छन । आचार्य गत ७ साउनमा मुख्यमन्त्री पदमा नियुक्त भएका थिए ।

मुख्यमन्त्रीले नियुक्त भएको ३० भित्र विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था छ । एमाले र काँग्रेसका ५६ जना प्रदेश सभा सदस्यको समर्थनमा नियुक्त भएका आचार्य नेतृत्व सरकारमा एमालेका पाँच र काँग्रेसका चार जना मन्त्री रहेका छन ।