२१ आश्विन २०८३, बुधबार
Follow Us

डा. मिनेन्द्र रिजालले फिर्ता लिए कांग्रेस उपसभापतिको उम्मेदवारी

नेपालब्रिटेन संवाददाता
२१ आश्विन २०८३, बुधबार ०७:०७

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले पार्टीको उपसभापति पदमा दिएको उम्मेदवारी फिर्ता लिने भएका छन्। सभापति गगन थापासँगको भेटवार्तापछि उनले उम्मेदवारी फिर्ता लिने सहमति जनाएका हुन्।

भेटका क्रममा सभापति थापाले डा. रिजाललाई उपसभापतिको उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए। महाधिवेशनपछि उपयुक्त जिम्मेवारीमा व्यवस्थापन गर्ने आश्वासन पाएपछि रिजाल उम्मेदवारी छाड्न सहमत भएका हुन्।

सभापति थापाले सार्वजनिक रूपमै पनि रिजाललाई उम्मेदवारी फिर्ता लिन अनुरोध गर्दै आएका थिए। डा. रिजालले सभापति थापासँग भएको संवाद र उम्मेदवारी फिर्तासम्बन्धी कुराकानीको भिडियो आफ्नो आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिकसमेत गरेका छन्।

धेरै पढिएको