१६ भाद्र २०८२, सोमबार
Follow Us

जीवी राईमाथि अनुसन्धान गर्न प्रहरीलाई मलेसिया पठाउने तयारी

नेपालब्रिटेन संवाददाता
३१ श्रावण २०८१, बिहीबार १३:२०

काठमाडौं । सहकारी ठगीमा फरार गितेन्द्रबाबु (जीवी) राईमाथि अनुसन्धान गर्न नेपाल प्रहरीको एक टीमलाई मलेसिया पठाउने तयारी गरिएको छ ।

मलेसियामा रहेका राईलाई नेपाल फिर्ता ल्याउन नसकिएपछि नेपाल प्रहरीले दुई सदस्य प्रहरीको अनुसन्धान टोलीलाई मलेसिया पठाउन गृह मन्त्रालयमार्फत पहल थालिएको हो । त्यसका लागि गृह मन्त्रालयले कूटनीतिक पहल थालेको छ ।

गृहले परराष्ट्र मन्त्रालयमार्फत नेपालको प्रहरी टोलीलाई मलेसियामा गएर अनुसन्धान गर्न त्यहाँको सरकारसँग पहल गर्नुपर्ने छ । राईविरुद्ध यसअघि इन्टर पोलबाट रेड कर्नर नोटिस जारी भए पनि नेपाल सरकारले उनलाई फिर्ता ल्याउन सकेको छैन ।

धेरै पढिएको