१८ कार्तिक २०८१, आईतवार
Follow Us

मकवानपुरमा भैंसीको आक्रमणबाट बाघको मृत्यु

नेपालब्रिटेन संवाददाता
६ भाद्र २०८१, बिहीबार ०५:५०

काठमाडौं । मकवानपुरमा भैंसीले बाघ मारेको छ । मनहरी गाउँपालिका–६ प्रतापपुरका बलबहादुर राईको भैंसीले बिहबार राति बाघ मारेको हो । घटनास्थलको प्रकृति हेर्दा आक्रमण गर्न आएको बाघलाई भैंसीले मारेको देखिएको प्रहरीले जनाएको छ ।

बाघ भैंसी गोठमा मृत अवस्थामा भेटिएको छ । भैंसी भने घाइते अवस्थामा छ । घटनापछि पर्सा बन्यजन्तु आरक्षका कर्मचारी र सुरक्षार्थ तैनाथ सेनाको टोली आएको छ । मृत बाघ नेपाली सेनाको टोलीले लिएर गएको छ ।