नारायण भण्डारी । अस्टिन । टेक्सास । नेपालको सुदुरपश्चिम तथा मध्यपश्चिम क्षेत्रको मौलिक पर्व गौरा शुक्रवार सॅाझ टेक्सासको राजधानीमा देउडा खेलेर मनाईएको छ । गौरा नेपालको सुदुर पश्चिम क्षेत्रमा मनाईने लोकप्रिय धार्मिक,सास्कृतिक एवं सामाजिक पर्व हो । यो रमाईलो र पवित्र मानिएको पर्वलाई मानिसहरु गॅाऊ गॅाऊ देउडा खेलेर मनाउने गरिन्छ । यो पर्वमा भगवान शिव र पर्वती ( गौरी) को पूजा अर्चना गरिन्छ ।
यो पर्वले मानिसहरुमा धार्मिक आस्था र आपसी सद्भाव बढाउने र समाजमा सुख शान्ति प्राप्त हुने विश्वास रहेको छ । यो पर्व भदौ महिनाको कृष्ण पक्षको षष्ठी देखि कृष्ण अष्ठमी सम्म मनाईन्छ ।
शुक्रवार सॅाझ ग्रेटर अष्टिनको हट्टोमा रहेको पशुपतिनाथ मन्दिर परिषरमा नेपालका सास्कृतिक धरोहर एवं देउडा गीत संगितका संम्राट नन्दकृष्ण जोशीको प्रमुख आतिथ्यमा देउडा खेलेर अस्टिनवासी नेपालीले यो पर्व मनाए । सुदुरपश्चिम नेपाली समाज टेक्सासले आयोजना गरेको गौरा पर्व मनाउने कार्यक्रममा सहभागी हुन आउनु भएका चर्चित देउडा गायक जोशीले यो पर्वको विशेष धार्मिक महत्व बताउनु भयो ।
प्रमुख अतिथी जोशीले गौरा पर्वमा साक्षात देवीको पूजा अर्चना गरिने र यो खुसी एक आपसमा साटदै देउडा खेलेर रमाईलो गरिने प्रचलन रहेको जानकारी दिनु भयो । गौरा पर्वको अवसरमा अमेरिका आउनु भएका जोशीले छोटो मन्तव्य राख्दै भन्नु भयो “म देउडा खेल्न आएको हुं , मलाई नेपालको माया छ , मेरो संस्कृतिको माया छ ।” विलक्षण सास्कृतिक प्रतिभा भएका र सुरम्य स्वरका धनि जोशीलाई मन्तव्य टुग्याउन नपाउदै उपस्थित श्रोता दर्शकले देउडा गीत गाईदिन अनुरोध गरेका थिए ।
आफ्नो मन्तव्य टुग्याएर संगितको साथ उहॅाको आवाज के गुन्जेको थियो दर्शक श्रोता देउडा खेल्न मन्चमै उक्लिए ।उहॅको झम्क्यो डालीमा …….भन्ने गित संगै सुरु भएको देउडा नृत्य राईझुमा…झुमा ….क्या मसक्याकी छ हो राईझुमा सम्म गुन्जि रह्यो । जोशीको उपस्थितीले सुदुरपश्चिमेली नेपाली समुदायलाई निकै हर्षित तुल्याएको गैर आवासिय नेपाली संघका आईसिसि सदस्य पदम ठकुराठीले वताउनु भयो ।