२९ भाद्र २०८१, शनिबार
Follow Us

दूतावास सबैको साझा घर हो, कसैलाई निषेध गरिएको छैन : नेपाली दूतावास लण्डन

नेपालब्रिटेन डट कम्
१२ भाद्र २०८१, बुधबार १९:०३

लण्डन । लण्डनस्थित नेपाली राजदुतावासले दुतावास भवनमा कसैलाई निषेध नगरिएको प्रष्ट पारेको छ ।
नेपाली दूतावास लण्डनले बुधवार एक विज्ञप्ति जारी गर्दै विगत केही दिन यता सामाजिक संजालमा राजदूतावासमा प्रवेश निषेश गरिएको छ भन्दै गरिएको भ्रामक प्रचारप्रति यस राजदूतावासको गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

राजदूतावास बेलायतबासी सम्पूर्ण नेपालीहरुको साझा घर भएको र कसैलाई प्रवेश निषेध नगरिएको विज्ञप्तिमा स्पष्ट पारिएको छ ।

विज्ञप्तिमा ‘नेपालको सबैभन्दा पुरानो राजदूतावासको रुपमा रहेको यस राजदूतावास नेपाल बेलायत सम्बन्ध सुदृढ गर्ने तथा यहाँ रहेका नेपालीहरुको हित संरक्षण तथा प्रवद्र्धनका लागि सदैव कार्य गरिरहेको उल्लेख छ ।

विज्ञप्तिमा नेपाल – बेलायत द्धिपक्षीय सम्बन्धमा ब्रिटिश गोर्खाहरुको योगदानलाई सरकार तथा राजदूतावासले उच्च सम्मान प्रकट गर्दै आएको छ । सीमित श्रोत र साधनका बावजुद वेलायतमा बढ्दै गएको नेपाली समुदायलाई सरल र सहजरुपमा कन्सुलर सेवाहरु प्रदान गर्न राजदूतावास कटिबद्ध रहेको छ ।

विगत केही दिन यता सामाजिक संजालमा राजदूतावासमा प्रवेश निषेश गरिएको छ भन्दै गरिएको भ्रामक प्रचारप्रति यस राजदूतावासको गम्भीर ध्यानाकर्षण भएको छ । राजदूतावास बेलायतबासी सम्पूर्ण नेपालीहरुको साझा घर भएको र कसैलाई प्रवेश निषेध नगरिएको स्पष्ट गर्दै यस्तो भ्रामक समाचारलाई विश्वास नगर्नुहुन अनुरोध’ गरिएकोछ ।