लण्डन । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन बेलायत आउने भएका छन् ।
प्रवासी नेपाली एकता समाज बेलायतका अध्यक्ष रोशन सापकोटाका अनुसार अध्यक्ष राजेन्द्र लिङ्देन बेलायतमा पार्टीले आयोजना गर्ने भेलामा भाग लिन लण्डन आउन लागेका हुन् ।
सापकोटाका अनुसार आगामी सेप्टेम्बर २२ तारिख आइतवार अल्डरशतस्थित एम्पायर हलमा आयोजित कार्यक्रमलाई लिङदेन सहित राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाही, विदेश विभाग प्रमुख आनन्द अधिकारीले सम्बोधन गर्ने छन् ।
भेलामा नेताहरुले गैरआवासीय नेपाली अभियान, भूपुगोर्खा आन्दोलन, वर्तमान राजनीतिक अवस्था लगायतका विषयमा आआफ्ना धारणा राख्ने भएका छन्
।