२७ असार २०८२, शुक्रबार
Follow Us

ओलीले भनेः अझै १ वर्ष १० महिना १० दिन प्रधानमन्त्री रहन्छु

नेपालब्रिटेन संवाददाता
१५ भाद्र २०८१, शनिबार ११:५४

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफ्नो प्रधानमन्त्री कार्यकाल अझै १ वर्ष १० महिना १५ दिन बाँकी रहेको बताएका छन् ।

अन्नपूर्ण मिडियाका अध्यक्ष क्याप्टेन रामेश्वर थापाद्वारा लिखित पुस्तक ‘इन्टु द फायर’ को शनिबार सशस्त्र प्रहरी मुख्यालयमा आयोजित कार्यक्रममा विमोचन गर्दै उनले आफूले समय सकिनु एक साताअघि नै राजीनामा दिने बताए ।

‘मलाई मन नपराउनेहरूलाई खुसीको खबर भनिदिन चाहन्छु । अब मेरो प्रधानमन्त्रीको कार्यकाल एक वर्ष १० महिला १५ दिन बाँकी छ’, ओलीले भने, त्योभन्दा पनि हप्ता दिन अघि नै छोड्छु भनेको छु । बढी होइन कि समयमै हस्तान्तरण गरौं भन्ने छ ।’

फरक प्रसंगमा उनले राजनीति र राज्य व्यवस्थालाई घृणा गर्ने गतिविधि सामाजिक आपराधिक कार्य भएको उल्लेख गरे ।

 

धेरै पढिएको