लण्डन् । ‘तमुधीं यूके’ वेलायतको उत्कृष्ट नेपाली सामाजिक संस्थाको रुपमा सम्मानित भएको छ । बेलायतबाट संचालित नेपालब्रिटेन अनलाइन प्रोटलले आफ्नो १७ औं वार्षिकोत्सवको अवसर पारेर आइतवार लण्डनमा सम्मान गरेको हो । तमुधीं यूके वेलायतको च्यारिटी हाउसमा दर्ता भएको संस्था हो ।
कार्यक्रममा गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसी, गण्डकी प्रदेश सांसद डिल्लीराम सुवेदी, स्फेल्टन काउन्सिल मेयर मेड बक्स्ले संयुक्त रुपमा तमुधीं यूकेका अध्यक्ष हरि गुरुङलाई प्रमाणपत्र सहित सम्मान गरेका हुन् । कार्यक्रममा तमुधीं यूकेका पूर्वअध्यक्ष, पूर्वपदाधिकारी तथा कार्यसमितिका सदस्यहरुको उपस्थिति थियो ।
भिडियोमा हेरौं तमुधीं यूके
गत साता मात्र लण्डनमा १५ औं नेपाली मेला भव्य रुपमा सम्पन्न गरेर तमुधीं यूकेले वेलायतस्थित नेपाली समुदायमा थप चर्चा बटुलेको थियो ।
सन् १९९८ मा रमेश थकाली, मीनप्रसाद गुरुङ, मीनबहादुर साइला, सूर्य, कमल, हिमाल, चन्द्र र हितकाजी आदिको समूहले आयोजना गरेको सानो फुटबल प्रतियोगिताको अप्रत्यासिलो सफलतालाई तमुधिं यूकेको स्थापनाको विजारोपण भएको दिन थियो । त्यसका बेलायतमा थोरै मात्र नेपालीहरु भए पनि सबै नेपाली भेलाको भान हुन्थ्यो ।
सन् १९९९ मा गोर्खा भिलेज नर्थ क्याममा ७० जनाको भेलाको निर्णय अनुसार आवश्यक तयारीपछि सन् २००० जनवरी २ तारिखमा पहिलो ल्होछार मनाइयो ।
तत्पश्चात तमुहरुको वार्षिक चाँडपर्व मनाउँदै प्रदेशमा पनि हाम्रो भाषा, संस्कार र संस्कृतिको सम्बद्र्धन र प्रवद्र्धन गर्दै परी आएको खण्डमा आपसमा सहयोग आदान–प्रदान गर्ने उद्देश्यले मीनप्रसाद गुरुङको अध्यक्षतामा पहिलो कार्यसमिति गठन भयो ।
लगत्तै तमुधि यूके दर्ता भयो । त्यसपछि तमुधि यूकेले दिन दुई गुणा, रात चौ गुणा प्रगति गर्दै गयो । त्यसपछि क्रमशः मेजर डम्बर घले, मेजर लालबहादुर गुरुङ, सुवाससिंह गुरुङ, बीइएम मुक्षेत्र गुरुङ, कमल गुरुङ, सूर्यरामचन्द्र गुरुङ, ज्ञाम गुरुङ, नन्दजंग गुरुङ, हितकाजी गुरुङले तमुधिं यूकेलाई एकपछि अर्को उचाइँमा पु-याए ।
गत वर्षको २८ डिसेम्बरको अधिवेशनबाट हरि गुरुङ सर्वसम्मत अध्यक्षमा चयन भए । यो संस्था ३ अगस्ट २००७ देखि बेलायतको च्यारिटीएबल संस्थामा दर्ता भएको छ । यो संस्थाले वार्षिकरुपमा बेलायतमा रहेका नेपाली समुदाय माँझ लोकप्रिय फुटबल प्रतियोगिता गोरखा कप, नेपाली मेला, तमु ल्होछार लाइफ मेम्बर डिनर नाइट, डाक्टर हर्कचन्द्र स्मृति दिवस, तमु प्रतिष्ठान च्याटिरी, रेस फर लाइफलगायत थुप्रै च्यारिटीमुलक कार्यक्रम आयोजना गर्दै आएको छसमयको परिवर्तनसँगै तमुधिं यूकेले स्थापनाकालदेखि ल्होछार पर्व, सन् २००३ देखि गोर्खाकप फुटबल, सन् २००९ देखि नेपाली मेला, सन् २०१३ देखि लाइफ मेम्बर डिनर नाइटको आयोजना गर्दै आएकोमा कोभिड महामारीका कारण सन् २०२० को सबै कार्यक्रम रद्द गर्नुपरेको थियो ।
तमुधि युके, इग्ल्यान्ड वेल्स च्याटिरी कार्यक्रममा दर्ता भएको परोपकारी संस्था हो । यसलाई हृदयगंमन गर्दै डेढदशक अघि इराकमा मारिएका नेपालीका आश्रित परिवार, पोखरा रंगशाला पर्खाल निर्माण, बाढीपीडितलाई राहत रकम, मृगौला पीडित, भुकम्प पीडितलाई एक करोड २५ लाख रुपैयाँभन्दा बढीको सहयोग, धादिङको खादिङमा करिब ७० लाख रुपैयाँमा विद्यालय भवन निर्माण, गरिब तथा जेहन्दार विद्यार्थीलाई छात्रावृत्ति, स्थानीय काउन्सिल, गोर्खा वेलफेयर ट्रष्ट, स्थानीय अस्पताल, गैरआवासीय नेपाली संघलगायत विभिन्न च्यारिटी संस्थामार्फत् आफूले सकेको सहयोग गर्दै आएको छ ।
तमुधि यूकेले कोभिड–१९ बाट प्रभावितलाई गण्डकी प्रदेश सरकारमार्फत अक्सिजन कन्स्ट्रेटर वितरण, गण्डकी क्षेत्रीय अस्पताललाई अक्सिन प्लान्टका लागि १० लाख रुपैयाँ सहयोग, कास्कीका पत्रकारलाई कोरोना बिमा र स्थानीय च्यारिटी संस्थालाई आर्थिक सहयोग उपलब्ध गराएको छ । तमुहरुको साझा संस्थाको रुपमा बेलायतमा स्थापना भए पनि सबैको साझा संस्था बन्न सफल भएको तमुधीं यूकेलाई वर्षकै उत्कृष्ठ परोपकारी संस्थाको रुपमा सम्मान गरिएकोछ ।