५ भाद्र २०८२, बिहीबार
Follow Us

च्यासलबाट दोभान खोलामा हामफालेकी किशोरीको शव मकवानपुरमा

नेपालब्रिटेन संवाददाता
२० भाद्र २०८१, बिहीबार ०७:०८

मकवानपुर । ललितपुर च्यासलस्थित गोभान खोलामा हामफालेर बेपत्ता भएकी युवतीको शव मकवानपुरमा भेटिएको छ ।

रूकुमको मुसिकोट घर भई हाल ललितपुर बालकुमारी डेरा बस्दै आएकी २० वर्षीया अन्जली शर्मा गत भदौ १६ गते दोभान खोलामा हामफालेकी थिइन् । मकवानपुरको बागमती गाउँपालिका-९ बेतिनी गैरिग‌ंगास्थित बागमती नदीमा बुधबार शव फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए ।

आफन्तले मृतकको सनाखत गरी शव बुझिसकेको प्रहरीले जनाएको छ ।

धेरै पढिएको