२९ भाद्र २०८१, शनिबार
Follow Us

प्रधानमन्त्री ओलीले रेस्लर विसुरालसँग किन खिचाए तस्बिर ?

नेपालब्रिटेन संवाददाता
२० भाद्र २०८१, बिहीबार १३:२६

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) सँग सामाजिक सञ्जाल र सार्वजनिक मिडियामा भिडिरहेका प्रधानमन्त्री केपी ओलीले रेस्लर भरतबहादुर बिसुरालसँग भेटेको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।

तस्बिरमा बिसुरालले ओलीको दायाँ हात समातेर माथि उठाएका छन् । तस्बिरको पृष्ठभूमि हेर्दा ओलीले बिसुराललाई कार्यकक्षमै भेटेजस्तो देखिन्छ । ओलीले आफूले भेटेन बोलाएको हो बिसुराल भेटेन आएको भन्नेबारे खुलाएका छैनन् । तर, आफूहरुबीच रेस्लिङ मुडमै भेटघाट भएको ओलीले बताएका छन् ।

‘रेस्लर भरतबहादुर बिसुराललाई हामी ‘हिमालयन टाइगर पनि भन्छौं । उहाँसँग आज भेट भयो । भेटघाट पनि रेस्लिङ मुडमै थियो’, ओलीले लेखेका छन् । एमाले सांसद रेखा शर्मा बाल श्रम शोषण गरेको विषयले सुरु भएको विवाद सामाजिक सञ्जालमा चर्किंदो छ । बालेनले एमाले सांसद शर्माले बाल मजदुर राखेको भन्दै कारबाहीका लागि सरकारी वकिल कार्यालयमा निवेदन दिएका थिए ।

बालेनले बालिबालाई नगर प्रहरीले उद्धार गरेको भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेका थिए । उक्त पोष्ट केही समयपछि हटेको थियो । सरकारले आफ्नो हटाएको आरोप उनले सामाजिक सञ्जालबाटै लगाए ।

त्यसपछि प्रधानमन्त्री ओलीलाई फेसबुकमा ‘अनफलो’ गर्ने अभियान नै चलेको छ । एमाले कार्यकर्ता ओलीको बचाउमा उत्रिएका छन् ।