लण्डन । एल्डरसट क्रीकेट ग्राउन्डमा सेप्टेम्बर १ मा सम्पन्न राष्ट्रिय पोसाक घर टि – १० को उपाधी म्याक्स क्रीकेट क्लबले जितेको छ, रोमान्चक फाइनल खेलमा माया क्रीकेट क्लबलाई यो उपाधी जित्न सफल भएको हो। अन्तिम २ बलमा ४ रन आवस्यक रहेको अवस्थामा चौका प्रहार गर्दै सुशील गिरि म्यक्सलाई उपाधी जिताउन सफल भए, फाइनल पहिले ब्याटिङ गर्दै माया क्रीकेट क्लबले ८४ रनको योगफल तयार गरेको थियो ८५ रनको लक्ष्य अन्तिम बल अगावै जितेको हो। पहिलो पटक आयोजना भएको टुर्नामेन्ट जित्दा कप्तान म्यान्नी गुरुङ निकै नै खुशी भएको जानकारी दिए, साथै यो टुर्नामेन्ट उहाँकै नेतृत्व भएको थियो।
एकदिने यो टुर्नामेन्टमा उत्कृष्ट ब्याटर प्रकाश बिष्ट चुनिए, उत्कृष्ट बलर चन्दन रावल रहे भने उत्कृष्ट फिल्डर नवीन तामाङ भए। विशाल बन्जाडे उत्कृष्ट विकेटकिपर चुनिदा, उल्भरह्याप्टनले फ्रेप्ले को अवार्ड प्राप्त गर्यो, इमर्जिङ प्लेयरको रुपमा म्याक्स क्रीकेट क्लबका सत्कार गिरि चुनिए, टुर्नामेन्टको उत्कृष्ट खेलाडी सुशील गिरिले हात पारे।
पहिलो टि१० प्रतियोगिता सफलताका साथ सप्पन्न गराउन साथ दिने प्रयोजक पर्ती आयोजक गुरुङले धन्यवाद दिदै आगामी बर्ष अझ बृहत बनाउदै लाने बाचा पनि गरे।
बेलायतमा रहने नेपाली बिच विभिन्न क्रीकेट प्रतियोगिता आयोजना हुँदै आएको छ, यो सबै नेपाली भेट हुने माध्यम पनि बनेको छ।