९ बैशाख २०८३, बुधबार
Follow Us

महाधिवेशनबाट युवा नेतृत्वलाई प्राथमिकता दिन्छौँ: संयोजक दाहाल

नेपालब्रिटेन संवाददाता
९ बैशाख २०८३, बुधबार ११:०७

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आगामी असोज महिनामा पार्टीको महाधिवेशन गरी युवालाई नेतृत्व सुम्पिने योजना रहेको बताएका छन् । बुधवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित नेपाली कम्युनिष्ट पार्टीको स्थापना दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन् ।

उनले कसैले पनि निराशा व्यक्त गर्नु नहुने र निराशा व्यक्त गर्ने मान्छे आफ्नो अगाडी नआए हुन्थ्यो भन्ने लागेको पनि बताएका छन । साथै उनले छिटै कम्युनिस्ट पार्टीप्रति जनताको उभार छिटै आउने दाबी समे गरे ।

‘सोचेभन्दा छिटै कम्युनिस्ट पार्टीमा उभार आउँदैछ’, प्रचण्डले भने, ‘लक्षण त देखिएकै छ सरकारका काम कारबाहीको ।’ उनले जसरी एउटा परिवारमा सबै पुस्ताका मानिस अपरिहार्य हुन्छ त्यस्तै समाज र पार्टीमा पनि हुने बताए ।

त्यसका लागि उनले पहिला आफ्नै पार्टी पुनर्गठित गर्ने भन्दै पार्टीमा बसेर रडाको गर्नेहरू नेता कार्यकर्तालाई बाटो लाग्न सुझाव समेत दिएका छन । ‘ मैले त साथीहरूलाई भनेको छु । सच्चिन चाहने जति हामीसँग बस्ने हो ।

नसच्चिने गए हुन्छ भनेको छु’, प्रचण्डले भने, ‘हामीले एकता गरेका छौ धेरै बनाएका छौ हामी कसैलाई फुत्किन त दिँदैनौ । तर यहाँ बसेर रडाको गर्ने चाही नबसे हुन्छ । आफ्नो बाटो लागे पनि हुन्छ । ’

धेरै पढिएको