१४ श्रावण २०८२, बुधबार
Follow Us

चार वर्ष मजदुरी गरेर नेपाल फर्कन लाग्दा एयरपोर्टमै मृत्यु

नेपालब्रिटेन संवाददाता
२३ भाद्र २०८१, आईतवार १३:३८

मलेसिया । मलेसियाबाट घर फर्कंदै गरेका एक नेपालीको क्वालालाम्पुर विमानस्थलमा मृत्यु भएको छ । मृत्यु हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका–११ बेलगनारका रूपलाल चौधरी छन् ।

वैदेशिक रोजगारीका सिलसिलामा चार वर्षअघि मलेसिया गएका चौधरी आइतबार नेपाल आउँदै थिए । बोर्डिङ पास लिएर प्रतीक्षालयमा बसेका बेला हृदयघात भएर रुपलालको ज्यान गएको मलेसियामै रहेका उनका भाइ लोकमणि चोधरीले परिवारलाई खबर गरेका थिए ।

धेरै पढिएको