२५ आश्विन २०८१, शुक्रबार
Follow Us

एनआरएनए भेला काठमाडौंमा हुने, प्रधानमन्त्री केपी ओली आमन्त्रित (पूर्णपाठ सहित)

नेपालब्रिटेन डट कम्
२४ भाद्र २०८१, सोमबार १९:१४

लण्डन । यस बर्षको गैरआवासीय नेपाली संघ (एनआरएनए) दिवस र २७–२८ अक्टोबर २०२४ मा वार्षिक साधारण सभा भब्य रुपमा गर्ने निर्णय भएको छ । आइतबार सम्पन्न एनआरएनए आइसीसी बैठकले एनआरएनए दिवस र वार्षिक साधारणसभालगायत अन्य ९ वटा सामरिक महत्वको निर्णय गरेको उपमहासचिव सोम सापकोटाले जानकारी दिएका छन् ।

आईसीसीको यो ९९ औं बैठक अध्यक्ष डा. बद्री केसीको अध्यक्षमा सम्पन्न हो । बैठकले एनआरएन नागरिकता, नेपालमा लगानी अनुकुलता, एनआरएन डे तथा वार्षिक साधारण सभामा सबैको सक्रियता र आगामी कार्यक्रमका बारेमा महत्वपूर्ण निर्णय भएको प्रवक्ता तथा सूचना, सञ्चार तथा प्रकाशन समितिका सभापति फणिन्द्र पन्तले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
संघले राष्ट्रिय समितिहरुसंग मिलेर अक्टोवर महिना भर एनआरएनए डेको कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको छ । एनआरएनए डेमा परराष्ट्र मन्त्री डा. आरजु देउवा, गृहमन्त्री रमेश लेखक लगायत सरकारका उच्च अधिकारीहरु समेत सहभागी हुने अपेक्षा गरिएको छ ।
‘एनआरएनए डे’ र साधारणसभाको तयारीको लागि संघले डा. हेम राज शर्माको संयोजकत्वमा उच्चस्तरिय समिति गठन गरेको छ । साधारणसभामा महासचिव गौरीराज जोशीले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष सुदन थापाले आर्थिक प्रतिवेदन पेश गर्ने तयारी छ ।