११ बैशाख २०८२, बिहीबार
Follow Us

प्रचण्डले बालेन र दुर्गा प्रसाईंलाई उचालेका छन् : प्रम ओली

नेपालब्रिटेन संवाददाता
२५ भाद्र २०८१, मंगलवार ०५:२८

काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठकले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र मेडिकल बलेज व्यवसायी दुर्गा प्रसाईंलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उचालेको निस्कर्ष निकालेको छ ।

सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको काँग्रेस–एमालेसहित सत्ता गठबन्धनका नेताहरुको बैठकले उक्त निस्कर्ष निकालेको हो ।

बैठकमा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले प्रचण्ड, बालेन र दुर्गा प्रसाईं मिलेर समाजमा अराजकता फैलाउन खोजेको सूचना आफूले पाएको ब्रिफिङ गरे ।

ओलीले संसद् र सामाजिक सञ्जालबाट प्रचण्ड, बालेन र प्रसाईंको प्रतिवाद गरिनुपर्ने बताए । ओलीले प्रचण्ड मुलुकलाई अस्थिरतामा लैजान सत्ता गठबन्धन भत्काउन लागि परेको समेत ओलीको भनाइ थियो ।

बैठकमा सहभागी जनमत पार्टीका उपनेता अब्दुल खानले प्रधानमन्त्रीले बालेन र प्रसाईंको पछाडि प्रचण्ड रहेको ब्रिफिङ गरेको जाकारी दिए ।

‘प्रचण्डले बालेन र दुर्गा प्रसाईंलाई उचाले समाज भड्काउने र सत्ता गठबन्धन भत्काएर मुलुकमा अस्थिरता निम्त्याउन खोजेका छन्’, ओलीको भनाइ उद्धृत गर्दै खानले भने ।

खानका अनुसार सरकार र गठबन्धनप्रति प्रचण्डले संसद र सार्वजनिक रुपमा लगाएको आरोपको पनि संसदबाटै प्रतिवाद गर्ने निस्कर्ष बैठकले निकालेको जनाए ।