२५ आश्विन २०८१, शुक्रबार
Follow Us

उपसभामुख प्रकरणः सिके राउतले ओली-देउवालाई साथ नदिने

नेपालब्रिटेन संवाददाता
२६ भाद्र २०८१, बुधबार १४:२७

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले गलत नियतका साथ उपसभामुखलाई हटाउन खोजिएको बताएका छन् । बुधवार न्युज एजेन्सी नेपालसँग संक्षिप्त कुराकानी गर्दै उनले सरकारले गलत नियतका साथ उपसभामुख इन्दिरा रानालाई हटाउन लागेको बताएका हुन ।

अध्यक्ष राउतले सरकारले संवैधानिक परिषदमा आफ्नो बहुमत पुर्याउनका लागि उपसभामुखलाई हटाउन लागेको बताए । संवैधानिक परिषदमा बहुमत नपुग्दा आफ्नो मान्छेलाई नियुक्त गर्न गाह्रो भएकाले गलत नियत राखिएको उनको भनाई छ । अध्यक्ष राउतले उपसभामुखलाई हटाए लोकतन्त्रको मान मर्यादा नरहने बताएका छन्।

अध्यक्ष राउतले सरकार र प्रतिनिधि सभा साना पार्टीहरुलाई कसरी सखाप पार्न सकिन्छ भन्नेमा केन्द्रित भएको बताए । उनले आफूले सरकार भएको महशुस गर्न नसकेको पनि बताए ।