११ बैशाख २०८२, बिहीबार
Follow Us

जीप दुर्घटनामा पुथा उत्तरगङ्गा गाउँपालिकाकी उपाध्यक्ष बुढाको मृत्यु

नेपालब्रिटेन संवाददाता
२८ भाद्र २०८१, शुक्रबार ०६:०५

बाग्लुङ । बाग्लुङको गलकोट नगरपालिका–२ भुङ्खानीमा जीप दुर्घटना हुँदा रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढासहित तीन जनाको मृत्यु भएको छ ।

मृत्यु भएका अन्य दुई जनाको अहिलेसम्म सनाखत हुन नसकेको बताइएको छ । मृतक महिला र एक पुरुषको सनाखत हुन बाँकी रहेको छ ।

सो दुर्घटनामा एक पुरुष घाइते भएका छन् । घाइतेलाई उद्धार गरी बागलुङ अस्पताल पठाइएको छ । रा १ झ २०० नम्बरको पुथा उत्तरगंगा गाउँपालिकाकाको गाडी गलकोटतर्फ जाँदै गर्दा दुर्घटनामा परेको हो । आज बिहान पौने ९ बजेतिर सडकबाट करिब ३ सय मिटर तल खस्दा तीन जनाको मृत्यु भएको हो । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।