११ बैशाख २०८२, बिहीबार
Follow Us

पत्रकार महासंघको निर्वाचन फेरि सर्‍यो

नेपालब्रिटेन संवाददाता
२८ भाद्र २०८१, शुक्रबार १२:५६

काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन फेरि एक पटक सरेको छ । यसअघि असोज ५ गते तिनै तहको निर्वाचन गर्नेगरी मिति घोषणा भएकोमा महासंघले शुक्रबार असोज १२ गते निर्वाचन गर्ने निर्णय गरेको छ ।

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले राजीनामा दिएपछि परिस्थिति असहज भएपछि निर्वाचन मितिमा सामान्य हेरफेर गरिएको महासंघद्धारा जारी गरीएको विज्ञप्तिमा उल्लेख गरीएको छ ।

असोज १२ गते शनिबार निर्वाचन गर्नेगरी निर्वाचन समितिलाई पत्रचार गरिएको महासंघले जनाएको छ । भोलि (शनिबार) मतदाता सूची र निर्वाचन तालिका सार्वजनिक गर्ने सहमति भएको महासंघले जनाएको छ ।