२० आश्विन २०८१, आईतवार
Follow Us

पर्थको नेपाली मेलामा १० हजार सहभागी, नागरिकताको समस्या हल हुन्छः एनआरएनए अध्यक्ष डा केसी

नेपालब्रिटेन डट कम्
३१ भाद्र २०८१, सोमबार ०४:००

पर्थ । अष्ट्रेलियाको पर्थमा आयोजना भएको नेपाल महोत्सव भब्य र सभ्य रुपमा सम्पन्न भएको छ । महोत्सवमा प्रमुख अतिथिको रुपमा सहभागी भएका पश्चीम अस्ट्रेलीयाका नागरिकता र बहुसांस्कृतिक मन्त्री डा. टोनी बुटीले नेपाली समुदायको प्रशंसा गर्दै लागि स्थानीय सरकारले १० हजार डलर सहयोग गर्ने जानकारी गराए । पानसमा बत्ती बालेर एनआरएन आईसीसीका अध्यक्ष बद्री केसी र मन्त्री टोनी बुटीले संयुक्तरुपमा महोत्सवको शुभारम्भ गरेका थीए । मन्त्री बुटीले पर्थको बहुसांस्कृतिक समूदायमा नेपाल महोत्सव स्थापित हुँदै गरेको बताए ।

पर्थ सहरको मध्यभागमा रहेको सुप्रिम कोर्ट पार्कमा आयोजना गरिएको नेपाल महोत्सवमा १० हजारभन्दा बढी दर्शकले सहभागीता जनाएका थीए । नेपाल महोत्सवमा नेपाली कला संस्कृती झल्काउने सामाग्रीका साथै नेपाली खाना, व्यवसायहरुका स्टलहरु राखिएका थिए ।

नेपाल संझना गराउने घर, धरहरा, पशुपतिनाथ, बौद्धनाथ लगायत महोत्यवका आकर्षण बनेका थीए । 
कार्यक्रममा बोल्दै एनआरएन आईसीसीका अध्यक्ष बद्री केसीले अष्ट्रेलियाबाट सुरुवात भएको नेपाल फेष्टिभल सबै राज्यमा विस्तार भएको र यसले मुलुक चीनाउने काम गरेको बताए । अध्यक्ष केसीले गैरआवासीय नेपालीहरुले प्राप्त गरेको नागरिकतामा केही समय समस्या आएको स्वीकार गर्दै नेपाल सरकारसँग यस विषयमा छलफल गरिसकेको जानकारी दिए । अगामी गैरआवासीय नेपाली दिवस अघि नै नागरिकतामा देखिएका समस्याहरु समाधान हुने समेत बताए । उपाध्यक्ष विनोद श्रेष्ठ, एनआरएन उपाध्यक्ष रोजिना प्रधान, क्षेत्रीय संयोजक दिनेश पोखरेल सचिव डा. ज्ञानेन्द्र रेग्मी, टीका गुरुंग, लगायतले कार्यक्रम सफलताको शुभकामना दिएका थिए ।

कार्यक्रममा बोल्दै एनआरएन अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले एनआरएन पर्थले नेपाल फेष्टिभल आयोजनामा उत्कृष्ट कार्य गरेको भन्दै प्रशंसा गरे ।
कार्यक्रमको उद्घाटन पर्थ पूजा सेवाका स्वयंसेवकहरुले स्वस्ती वाचनबाट भएको थियो । कार्यक्रममा बोल्दै अष्ट्रेलियाको संघीय सांसद साम लिमले दोश्रो पुस्ताको उदाहरण दिँदै उनीहरु कहाँबाट आएका हुन्, त्यहाँको खाना के हो ? त्यहाँको भाषा के हो भन्ने जानकारी दीनु महत्वपूर्ण कार्य भएको बताए ।

कार्यक्रममा सहभागी हुन सिड्नीबाट न्यूसाउथवेल्सका महावाणिज्यदूत सञ्जीव शर्मा, एनआरएन अभीयन्ता मन केसी, वीधान समीतीका संयोजक भवानी ओली , एनआरएन क्षेत्रीय संयोजक दिनेश पोखरेल, सहसंयोजक कोमल पाठक, आईसीसी सदस्य डील्ली ढकाल, बुद्धी डल्लाकोटी, युवा व्यवसायी सागर लोहनी लगायत सहभागी थिए ।

यस्तै एनआरएन अस्ट्रेलीयाका महासचिव सन्तोष कुँवर, कोषाध्यक्ष अर्जुन गौतम , सह कोषाध्यक्ष रोजी पन्त, नयाका अध्यक्ष बीपीन थापा , डार्विनका समुदायका अगुवाहरु भारव ढकाल, नबीन बीडारी , मीक्की सुबेदी लगायतले सहभागिता जनाएका थिए । कार्यक्रममा सांगीतिक रुपमा एक्स व्याण्डले आफ्नो प्रस्तुतिले उपस्थित दर्शकलाई नचाएको थियो भने गायिका आस्था राउत, लोकगायक बद्री पंगेनी लगायतले उपस्थित दर्शकलाई झुमाएका थिए ।

नेपाल महोत्सव पर्थमा पहिलो पटक १० मिनेट आतिशबाजी गरिएको युवा संयोजक मनीष सीग्देलले बताए ।