६ चैत्र २०८१, बिहीबार
Follow Us

क्यालिफोर्निया राज्यमा कन्सुलर कार्यालय स्थापना गर्न पहल सुरु

नेपालब्रिटेन डट कम्
३१ भाद्र २०८१, सोमबार २३:०७

न्यूयोर्क । क्यालिफोर्निया राज्यमा कन्सुलर कार्यालय स्थापना गर्न पहल सुरु भएको छ ।

क्यालिफोर्निया राज्यमा सकृय समाजसेवी माधव मरासनीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक पत्र लेख्दै नेपाली समुदायको सर्वाधिक जनघनत्व रहेको क्यालिफोर्निया राज्यमा कन्सुलर कार्यालय नहुँदा नेपालीहरुले दुख भोग्दै आइरहेको कुरा स्मरण गराएका छन् ।

पत्रमा यसअघि पटक पटक कार्यालय स्थापना हुने भनिए पनि देशको राजनीतिक अवस्था अत्यन्त्यै अस्थिर र पेचिलो हुदै गर्दा नेपाल सरकार केपी शर्मा ओलीको गरिमामय नेतृत्वले थोरै भए पनि आशा जगाएको उल्लेख छ ।

पत्रमा ओलीले जिम्मेवारी सम्हाले पछि उनकै पालामा क्यालिफोर्नियाबासीले यो सेवा पाउँने विश्वास गरिएको छ ।

मरासनीले यसअघि परराष्ट्र मन्त्री आरजु राणा देउवालाई समेत पत्र मार्फत सो क्षेत्रमा सम्पर्क कार्यालय स्थापना गर्न माग गरेका छन् ।