काठमाडौं । बेलायती राजा चार्ल्स तृतीयले संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८१ को शुभकामना सन्देश पठाएका छन् ।
राजा चार्ल्सले राष्ट्रपति रामचन्द्र पौडेललाई दिवसको शुभकामना पठाएका हुन् । काठमाण्डुस्थित बेलायती दूतावासले राजा चार्ल्सको शुभकामना सन्देश बिहीबार सार्वजनिक गरेको छ ।
‘आज तपाईं र नेपालका जनताले राष्ट्रिय दिवसको विशेष दिन मनाइरहँदा, महामहिम र नेपाली जनतालाई बधाई दिन पाउँदा म र मेरी श्रीमती धेरै खुसी छौं,’ सन्देशमा छ ।
राजा चाल्र्सले शान्ति, समृद्धिका साथै वातावरण र जलवायु परिवर्तनबाट आगामी पुस्तालाई लाभ पुर्याउने जस्ता विश्वका महत्वपूर्ण मुद्दामा दुई देशबीच निरन्तर सहकार्य हुने प्रतिबद्धता जनाए ।