११ बैशाख २०८२, बिहीबार
Follow Us

वीरगन्जबाट आजपाका नेताहरू पक्राउ

नेपालब्रिटेन संवाददाता
३ आश्विन २०८१, बिहीबार १३:३३

काठमाडौं । आम जनता पार्टी (आजपा) ले संविधान खारेजीको माग गर्दै विरोध प्रदर्शन गरेपछि वीरगन्जबाट सो पार्टीका नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आजपाले वर्तमान संविधान खारेजीको माग गर्दै बिहीबार वीरगन्जमा अन्त्येष्टि यात्रा निकालेको थियो । सोही क्रममा प्रहरीले आजपा केन्द्रीय कमिटीका सचिव बाबुराम कौशिक मधेस प्रदेशका अध्यक्ष उमेश कुशवाहा, आजपा नेताहरू श्रीभगवान पटेल, लालबाबु मन्सुरी, किरण यादव, सुनिल साह , राकेश बैठा, सन्देश साह, सन्ध्या पासवान लगायतका नेताहरूलाई पक्राउ परेको सो पार्टीले जनाएको छ ।

आजपा केन्द्रीय सदस्य एवम् मधेस प्रदेशका प्रवक्ता डा.हेमप्रसाद साहले प्रहरीको धरपकड एवम् हस्तक्षेपको भर्त्सना गर्दै पक्राउ परेका नेताहरूलाई यथाशीघ्र रिहा गर्न माग गरेका छन् ।

उनले भदौ १२ गते श्रीमती सोनी सिन्धु रानीसँग सम्बन्ध बिच्छेदको मुद्दा दायर गरेका थिए । उनले अंश र सम्बन्ध बिच्छेद शीर्षकमा मुद्दा दायर गरेका थिए। लामो समयदेखि सम्बन्ध नमिलेको र बस्न नसकिने अवस्था रहेको भन्दै राउतले मुद्दा दायर गरेका हुन्।