१७ भाद्र २०८२, मंगलवार
Follow Us

सहकारी ठगीमा रवि लामिछानेको संलग्नता देखिएन, अधिकांश काँग्रेस–एमाले नेता मुछिएका छन्ः दाहाल

नेपालब्रिटेन संवाददाता
६ आश्विन २०८१, आईतवार ०५:०२

काठमाडौं । माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले सहकारी ठगीमा कारबाहीको सिफारिस गरिएका सबैजसो कांग्रेस–एमालेका नेता रहेकाले कारबाही हुनेमा आशंका व्यक्त गरेका छन् ।

रिपोर्टर्स क्लबले शनिबार गरेको साक्षात्कारमा दाहालले सहकारी ठगी प्रकरणमा रवि लामिछानेको संलग्नता भने पुष्टि नभएको बताए ।

रवि लामिछाने कुनै पनि सहकारीको ऋणी, सदस्य, व्यवस्थापक वा सञ्चालक नदेखिएको उनको भनाइ थियो । संसदीय छानबिन समिति सदस्यसमेत रहेको सांसद दाहालले गोर्खा मिडियामा जीबी राईमार्फत सहकारीको पैसा आएको पुष्टि भएको बताए ।

‘सहकारी छानबिन प्रक्रियामा ४० वटा सहकारीको वित्तीय विश्लेषण गरिएको छ, जसमा एक अर्बभन्दा कम हिनामिना भएको कुनै सहकारी नै भेटिएन’, उनले भने । नेता दाहालले सहकारी ठगी छानबिन गर्ने क्रममा सरकारले समितिलाई असहयोग गरेको आरोप लगाए ।

धेरै पढिएको