२८ असार २०८२, शनिबार
Follow Us

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

नेपालब्रिटेन संवाददाता
६ आश्विन २०८१, आईतवार ११:५९

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं भक्तपुरबाट पक्राउ पर्नुभएको छ। प्रसाईलाई आइतबार दिउँसो भक्तपुर उनकै निवासबाट पक्राउ गरिएको हो ।

साइबर ब्यूरोमा परेको उजूरीका आधारमा जिल्ला अदालत, काठमाडौंले दिएको पक्राउ पूर्जी लिएर गएको प्रहरीले उनलाई निवासबाटै पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीका जानकारी दिए ।

प्रसाईविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत साइबर ब्युरोमा जाहेरी दर्ता भएको छ । असोज २ गते उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो।

 

 

धेरै पढिएको