२७ असार २०८२, शुक्रबार
Follow Us

सानफ्रान्सिस्कोमा कन्सुलेट सेवाको माग, प्रधामन्त्रीलाई ज्ञापनपत्र बुझाईयो

नेपालब्रिटेन डट कम्
७ आश्विन २०८१, सोमबार २३:१३

क्यालिफोर्निया । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ताहरूले सान फ्रान्सिस्कोमा कन्सुलेट कार्यालय स्थापना गर्न माग गरेका छन्। सान फ्रान्सिस्को सहरमा नेपालीहरूको संख्या बढ्दो भएकाले कन्सुलेट कार्यालय माग गरिएको क्यालिफोर्नियाका एनआरएनए अभियन्ताहरूले बताएका छन्।

क्यालिफोर्नियाका एनआरएनए अभियन्ताहरूले कार्यालय स्थापनाको माग गर्दै प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई न्यूयोर्क पुगेर होटलमै भेटी ज्ञापनपत्र बुझाएका छन्। राप्ती समाज अमेरिका अध्यक्ष सुरेश हमालसहितको टोलीले प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई भेटी ज्ञापनपत्र बुझाएको न्यान्सका अध्यक्ष प्रितेश कार्कीले जानकारी दिए।

ज्ञापनपत्रमा क्यालिफोर्निया राज्यमा करिब १ लाख नेपालीको बसोबास रहेको र राहदानीलगायत सेवा लिन कठिनाइ भएको उल्लेख गरिएको छ। यसअघि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका पुगेका बेला पनि क्यालिफोर्निया च्याप्टरले ज्ञापनपत्र बुझाएको थियो।

अमेरिकाको वासिङ्टन डीसीमा नेपाली दूतावास र न्यूयोर्कमा मात्र कन्सुलेट जनरलको कार्यालय छ। यी निकाय अमेरिकाको पूर्वी क्षेत्रमा हुँदा पश्चिमी क्षेत्रका क्यालिफोर्नियालगायत राज्यमा बस्ने नेपालीहरूलाई समस्या भएको हो।

धेरै पढिएको