१४ श्रावण २०८२, बुधबार
Follow Us

सरकारी वकिल कार्यालयमा दुर्गा प्रसाईंसँग २ घण्टा बयान

नेपालब्रिटेन संवाददाता
८ आश्विन २०८१, मंगलवार १३:४४

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग मंगलबार बयान लिइएको छ । उनलाई झन्डै २ घण्टा लामो समय सरकारी वकिल कार्यलय काठमाण्डुमा प्रसाईंसँग बयान लिइएको प्रहरी स्रोतले जानकारी दिएको छ । प्रसाईंलाई आइतबार प्रहरीले पक्राउ गरेको थियो ।

उनीविरुद्ध साइबर अपराधमा अनुसन्धान भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ । पक्राउको भोलिपल्ट उच्च रक्तचाप र मुटुसम्बन्धी समस्या देखिएपछि उनलाई प्रहरीले वीर अस्पतालमा भर्ना गरेको थियो ।

अस्पतालले प्रसाईँलाई मंगलबार डिस्चार्ज गरेसँगै बयानका लागि सरकारी वकिलमा लगिएको साइबर ब्यूरोका एक अधिकृतले जानकारी दिएका छन ।

धेरै पढिएको