२५ आश्विन २०८१, शुक्रबार
Follow Us

बेल्जियममा ‘बर -पिपल’ राखेर चौतारी निमार्ण गर्न माग

नेपालब्रिटेन डट कम्
८ आश्विन २०८१, मंगलवार २१:५५

लुभेन । बेल्जियमका सडकमा नेपाल झल्किने सगरमाथा, बुद्धमार्ग लगायतको नामाकरण गर्न छलफल शुरु भएको छ ।

लुभेन नगरपालिकाका मेयर मोहम्मद रुदुवानीसंग नेपाली समुदायले सोमवार गरेको एक साक्षात्कार कार्यक्रममा नेपालीहरुले नेपाली नाम झल्किने मार्ग राख्न आग्रह गरे ।

ब्रसेल्समार्गमा सम्पन्न साक्षात्कर कार्यक्रमसंगै नेपाली समुदायको तर्फबाट लुभेन वा आसपास क्षेत्रमा नेपाली चौतारी निर्माण , बुद्ध मार्ग वा माऊन्ट एभरेष्ट मार्ग (स्त्रात) नामाकरण गर्नुपर्ने सहित आफ्ना पाँचबुँदे तत्कालिन एवंम दीर्घकालिक मागहरु समेत प्रस्तुत गरेका थिए ।

एकसय ७० भन्दा बढी मुलुकका बासिन्दा रहेको र ठूलो संख्यामा ब्यापार ब्यवसायमा समेत संलग्न रहेको लुभेनमा नेपाली सांस्कृतिक केन्द्र वा सो को लागि खरिद गर्न उपयुक्त जग्गा खोजिदिन आग्रह समेत गरिएको छ ।

लुभेन र नेपालको कुनै एऊटा शहरबीचको भगिनी सम्बन्ध स्थापना,नेपाली नृत्य, भाषाकक्षाहरूको लागि उपयुक्त एउटा स्थल निर्माण गर्न अनुरोध गरिएको छ ।
मेयर रूदुवानीसंग लुभेनको एउटा सडकको नाम, उदाहरणका लागि, एभरेष्ट स्ट्रीट, बुद्ध स्ट्रीट, वा लुम्बिनी स्ट्रीट गरिदिन तथा नेपालबाटै बर–पिपल ल्याएर रोप्न र नेपालको प्यास मेटाऊने स्थलको रूपमा नेपाली चौतारी बनाऊन उपयुक्त स्थान अनुदान या खरिदको निम्ति आग्रह गरिएको छ ।

विगत दशौ बर्ष देखि नेपाली समुदाय मार्फत नगरपालिकासंग बिभिन्न खाले कार्यक्रमहरु सहकार्यमा गरिदै आएको र समुदायले आफ्नो तर्फबाट सहयोग गर्दै आएको छ ।

उक्त अवसरमा बाग्लुङ नगरपालिका प्रमुख बसन्त कुमार श्रेष्ठद्वारा हस्ताक्षरित बाग्लुङ नगरपालिका र लुभेन नगरपालिकाबीच भगिनी सम्वन्ध स्थापित गरेर विकास निर्माण, आपसी भाईचारा, पर्यटन प्रवर्धन, एवंम दुई नगरबीच सामाजिक सद्भाव कायम गर्ने उद्देश्य सहितको पत्र बाग्लुङ समाज बेल्जियम अध्यक्ष महेन्द्र पन्त र सिङ्गो समुदायको तर्फबाट नगर प्रमुखलाई हस्तान्तरण गरिएको थियो ।

बिषेशत लुभेनमा बसोबास गर्ने नेपाली संघसँस्थाका अध्यक्ष एवंम प्रतिनिधिहरू उपस्थित प्रमुख आकर्षण नगर प्रमुख मोहम्मद रुदुबानी रहेका थिए ।

मेयर रुडवानीले नेपालीसंगको घनिष्टता पुन दोहोर्याऊदै भने लगनशिलता र मेहनती नेपाली लुभेनको अभिन्न बनिसकेको विचार व्यक्त गरे ।

उनले भने सबै राष्ट्रीय राजनैतिक दलको नजर नेपाली कम्युनिटीमा रहेकोले आफू भोरइथ (एसपिआ) बाटै मेयर बनेको र त्यसैबाट फेरि उम्मेदवार बनेपनि “तपाईलाई जो राम्रो लाग्छ ,जस्ले राम्रो गरेको छ र गर्छ उसैलाई मतदान गर्न स्वबिवेक प्रयोग गर्नुहोस ।”

मेयरले नेपाली समुदायको मागपत्र ग्रहण गर्दै अध्ययन , छलफल र सहमतिबाट माग पुरा गर्न प्रतिबद्धता जनाए ।

आगामी अक्टोबरको स्थानीय निकायको निर्वाचनपूर्व नै मागहरु पुरा गर्न प्रयत्न गर्ने उनले बताए ।

समुदायको तर्फबाट एनआरएनए बेल्जियमका पूर्वअध्यक्ष तथा सकृय सामाजिक अभियान्ता गंगाधर गौतम, एनआरएनए बेल्जियमका पूर्वअध्यक्ष लोक प्रसाद दाहाल, एनआरएनए बेल्जियम निबर्तमान अध्यक्ष खडक बहादुर केसी, लुभेन नगरपालिकाका सदस्यहरु र आगामी स्थानीय निर्वाचनका उम्मेदवार सूर्य ढकाल, समाजबादी पार्टी बेल्जियम शाखाका अध्यक्ष नेत्र बहादुर मगर, पर्बत अन्तर्राष्ट्रिय समाजका निवर्तमान अध्यक्ष झलक केसी, जयन्तु संस्कृतम अभियानका संयोजक एवंम व्यवसायी संघ बेल्जियमका संस्थापक अध्यक्ष राधाकृष्ण अधिकारी, नेपाल पत्रकार महासंघ यूरोप शाखाका अध्यक्ष केजिन राई, बाग्लुङ समाज वेल्जियमका अध्यक्ष महेन्द्र पन्त, नेपाली जनसम्पर्क समिती बेल्जियमका महामन्त्री गोविन्द सिंह अधिकारी थिए ।


त्यसैगरी बिश्व मगर संघ बेल्जियमका अध्यक्ष लोक राना मगर, किरात राई सोसाईटी बेल्जियम अध्यक्ष इन्दिरा चाम्लिङ , नेपाली ब्यबसायी संघ बेल्जियमका अध्यक्ष चिरन कुमार खवास,गैर नेपाली संघ बेल्जियमका सचिव संजय श्रेष्ठ (देबु) बरिष्ठ पत्रकार एवंम लेखक पंचम अधिकारी, सांग्रिला समाज बेल्जियमका अध्यक्ष नारायण अधिकारी, क्षेत्री समाज वेल्जियमका महासचिव हरि रोका,जसस पूर्ब सहमहामन्त्री बिष्णु सापकोटा ,चितवन सहायताकोष बेल्जियमका पुर्ब अध्यक्ष दिनेश भण्डारी, यूरो नेपाल कलाकार संघ र अनेसास पूर्ब अध्यक्ष परमानन्द सापकोटा, नेपाली जनसम्पर्क समिती बेल्जियमका पूर्ब सहमहामन्त्री बिष्णु सापकोटा, शेर्पा किदुक बेल्जियमका दाबा फिन्जो शेर्पा, बाग्लुङ समाज बेल्जियमका सचिव हरि शर्मा,समाज सेबी श्रृजना नेपाल, सामाजिक अभियन्ता बिदुर केसी, युबा व्यवसायी रोशन शर्मा, महेन्द्र सापकोटा, एनआरएनए बेल्जियमका सदस्य रोशन गौतम, शोनु गुरुङलगायतले माग पत्रमा हस्ताक्षर गरेका थिए ।

स्थानीय निर्वाचनमा नेपाली उम्मेदवार

नेपाली मूलका सूर्य ढकाल मेयर रुदुबानीको पार्टी भेरुतबाट नगर सदस्य रहेका छन भने पुन चुनाबी मैदानमा छन । काउन्सिल सदस्य सूर्य ढकालले संयोजन गरेको साक्षात्कार कार्यक्रमको आयोजना नेपाली समुदायले गरेको थियो ।