काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बेलायतका प्रधानमन्त्रीले आफूलाई प्रधानमन्त्रीकै हैसियतमा चिठी पठाएको दाबी बताएका छन । आज (बिहीबार) अनेरास्ववियु (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलनको शुभकामना दिँदै प्रचण्डले यस्तो बताएका हुन ।
उनले आफु तेस्रो पटक प्रधानमन्त्री हुँदा अन्तर्राष्ट्रिय माओवादीबारे राम्रो छाप परेको समेत बताएका छन । उनले भने, ‘म प्रधानमन्त्रीको हैसियतमा विभिन्न अन्तर्राष्ट्रिय फोरममा जाँदा माओवादीबारे राम्रो प्रभाव परेको देखेँ ।
अझै प्रचण्ड नभई हुँदै हुँदैन भन्ने उनीहरूलाई छाप परेको छ’, ‘सरकारबाट हटेपछि बेलायतका प्रधानमन्त्रीले मलाई प्रधानमन्त्रीकै हैसियतमा एउटा चिठी पठाए । बेलायती राजदूतले ल्याएर त्यो चिठी दिनुभएको थियो ।
म अहिले प्रधानमन्त्री होइन । सरकारबाट हटिसकेँ किन चिठी पठाएको भने । जवाफमा तपाईं प्रधानमन्त्री नभए पनि प्रधानमन्त्री सरहकै मान्छे हुनुहुन्छ के फरक पर्छ र भन्नुभयो ।’