१४ श्रावण २०८२, बुधबार
Follow Us

साउन महिनामा विप्रेषण १८ प्रतिशतले बढ्यो

नेपालब्रिटेन संवाददाता
१० आश्विन २०८१, बिहीबार १२:०७

काठमाडौँ । चालु आर्थिक बर्षको साउन महिनामा विप्रेषण आप्रवाह १८ प्रतिशतले बढेको छ । नेपाल राष्ट्रबैंकका अनुसार साउन महिनामा विप्रेषण आप्रवाह १८ प्रतिशतले वृद्धि भई १३६ अर्ब ९३ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १ अर्ब २ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ८७ करोड ९८ लाख रहेको थियो ।

धेरै पढिएको