२८ असार २०८२, शनिबार
Follow Us

कांग्रेस सहमहामन्त्री उपाध्यायसंग लण्डनमा भेटघाट

नेपालब्रिटेन डट कम्
१३ आश्विन २०८१, आईतवार १९:१९

देवी गौतम । लण्डन । वेलायत भ्रमणमा रहेकी नेपाली कांग्रेसकी सहमहामन्त्री डिना उपाध्यायसंग साउथह्यारोमा अन्तरक्रिया सम्पन्न भएको छ ।

नेपाली जनसम्पर्क समिति वेलायतका पूर्वसभापति विनोद मोक्तानको पहलमा आइतवार आयोजित कार्यक्रममा नेपाली काँग्रेसका सांसद तथा मुख्य सचिव कृष्णप्रसाद पौडेल समेत उपस्थिति थियो ।
नेताद्धय उपाध्याय र पौडेलको सम्मान आयोजित स्वागत कार्यक्रममा नेपाल प्रेस युनियन युरोपका अध्यक्ष सञ्जयभक्त कँडेल, एनआएनएका संस्थापक तथा नेपाली जनसम्पर्क समिति वेलायतका सल्लाहकार चिरञ्जिवी ढकाल, नेपाली कांग्रेस यूकेका नेताहरु राजकुमार त्रीपाठी र युवराज सिंह लगायतको उपस्थिति थियो ।

नेपाली काँग्रेसका सहमहामन्त्री डिना उपाध्याय र नेपाली काँग्रेसका सांसद तथा मुख्य सचिव कृष्णप्रसाद पौडेल, नेकपा एमालेका सचिव योगेश भट्टराई, प्रमुख सचेतक महेश बर्तौला, जसपाबाट विनोद पौडेल र अर्जुन थापा लण्डन आएका छन् ।

राजनैतिक दलका नेताहरु लण्डन स्कूल अफ इकोनोमिक्स एण्ड पोलिटिकल साईन्सले आयोजना गरेको वर्कशप अन स्ट्रेथनिङ्ग ईन्शट्युशन इन कन्फ्लिट एफेक्टेट एण्ड पोष्ट कन्फ्लिट स्टेट्स विषयक गोष्ठीमा सहभागी हुन लण्डन आइपुगेका हुन ।

धेरै पढिएको