काठमाडौं । प्रहरीले विदेशमा बसेर नेपालमा रहेकी एक महिलाको चरित्र हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेतको गुर्भाकोट नगरपालिका–३ घर भएका २९ वर्षीय खगेन्द्र ऐरी रहेका छन ।
इन्टरपोलबाट रेड नोटिस जारी भएका उनी मलेसियाबाट फर्कने क्रममा मंगलबार बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीको केन्द्रीय साइबर ब्यूरोका प्रवक्ता तथा एसपी दीपकराज अवस्थीका अनुसार उनले सामाजिक सञ्जालमार्फत एक महिलासँग गोप्य तस्वीरहरु साटासाट गरेका थिए ।
पछि ती तस्वीहरु आफन्त र साथीहरुलाई पठाएर चरित्रहत्या गरेको खुलेको प्रहरीले जानकारी दिएको छ । उनीहरुविरुद्ध पीडित महिलाले साइबर ब्यूरोमा २३ वैशाख २०७९ मा जाहेरी दिएकी थिइन् । त्यतिबेला उनी वैदेशिक रोजगारीमा मलेसिया पुगिसकेकाले उनीविरुद्ध इनटरपोलमार्फत रेड नोटिस जारी भएको थियो ।