 नेपालब्रिटेन डट कम्
                    नेपालब्रिटेन डट कम् 
            
            लण्डन । माल्टाकी राष्ट्रपति मिरियाम स्पिटेरी डेबोनोले नेपालमा राजदूतावास खोल्न सकरात्मक देखिएकी छन् ।
गैरआवासीय नेपाली संघ माल्टाको एक प्रतिनिधि मण्डलसंग मंगलवार भएको भेटवार्तामा डेबोनोले नेपाली समुदायले माल्टामा खेलेको भूमिको प्रशंसा गर्दै नेपालमा माल्टाको राजदूतावास खोल्न आफूले कुटनैतिक पहल सुरु गर्ने बताएकी छन् ।
गैरआवासीय नेपाली संघ माल्टाका अध्यक्ष रेमलाल खनाल (रेम्स)को नेतृत्वमा गएको प्रतिनिधि मण्डलले राष्ट्रपति डेबोनोसमक्ष माल्टामा नेपाली समुदायका समस्या, नेपाल माल्टाबीचको कुटनीटिक सम्बन्ध, नेपालको पर्यटन प्रवर्धन, नेपालमा माल्टाको दूतावास खोल्न आग्रह लगायतका विषयमा ज्ञापनपत्र बुझाएको थियो ।
राष्ट्रपति डेबोनोले माल्टामा रहेका नेपालीहरुले हस्पिटालिटी क्षेत्रमा पुराएको योगदान अतुलनिय रहेको बताउँदै नेपाली समुदायसंग थप सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाएकी छन् ।
प्रतिनिधिमण्डलमा एनआरएनए माल्टाका उपाध्यक्ष सत्यनारायण झा, प्रकाश थापा, सचिव भुवन झा र कोषाध्यक्ष निरज श्रेष्ठ समावेश थिए ।