लण्डन । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ बिरुद्ध उच्च अदालतमा रिट दायर भएको छ। बेलायत भ्रमणमा रहेका मेयर साम्पाङले आफ्नो अनुपस्थितिमा कार्यवाहकको जिम्मेवारी वडा अध्यक्षलाई दिएकोमा असन्तुष्टि जनाउँदै उपमेयर आइन्द्रबिक्रम बेघाले उक्त रिट दर्ता गरेका हुन्।
पत्रकार भूमिराज राईका अनुसार, बेघाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा अनुसार आफूलाई कार्यवाहक मेयरको जिम्मेवारी दिनुपर्ने माग गर्दै रिट दायर गरेका छन्। रिटमा मेयर हर्क साम्पाङ र वडा अध्यक्षलाई विपक्षी बनाउँदै कानुनी प्रक्रिया अगाडि बढाइएको छ।
मेयर साम्पाङ वेलायतको दुई साता लामो भ्रमणका क्रममा लण्डनमा विभिन्न संघसंस्थाले आयोजना गरेका कार्यक्रममा सहभागी भइरहेका छन्।