१३ बैशाख २०८२, शनिबार
Follow Us

एनआरएनएद्धारा मधेशका बाढी पिडितलाई राहत वितरण (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
६ कार्तिक २०८१, मंगलवार ०३:११

लण्डन । गैरआवासीय नेपाली संघले मधेश प्रदेशका बाढी पिडितलाई राहत वितरण गरेको छ ।

एनआरएनएले सर्लाही जिल्लाको बलरा नगरपालिकाको वार्ड नम्बर २ र ३ मा राहत सामग्री वितरण गरेको गैरआवासीय नेपाली संघका पूर्व महासचिव रतन झाले जानकारी दिए ।

गैरआवासीय नेपाली संघ यूकेको सहयोगमा १०० परिवारलाई खाद्यान्न र अन्य अत्यावश्यक वस्तुहरू वितरण गरिएको हो ।

मधेश क्षेत्रका लागि यो विशेष राहत प्याकेजमा सहयोग र्पुयाएको एनआरएनए यूकेलाई झाले धन्यवाद दिए ।

ठूलो माग र थोरै मात्रामा आपूर्तिको चुनौती भए पनि राहत सामग्री वितरण गर्न सफल भएको झाको भनाई छ ।

झाले सुरक्षा निकाय नेपाल प्रहरी र एपीएफ लाई राहत सामग्री सहज रूपमा वितरण गर्न सहयोग गरेकामा धन्यवाद दिए ।

मैथिल ब्राह्मण महासभाका स्वयंसेवकहरूलाई राहत सामग्री वितरण गर्न जनस्तरमा गरेको सहयोगका लागि गैरआवासीय नेपाली संघले विशेष आभार व्यक्त गरेको छ । यसअघि संघले प्रधानमन्त्री राहत कोषमा ५१ लाख रुपैयाँ र काठमाण्डौं, हेटौडा, पनौति लगायतका क्षेत्रका बाढी तथा पहिरो पिडितहरुको लागि राहत वितरणको थियो ।