३ चैत्र २०८१, सोमबार
Follow Us

वेस्ट ह्यामसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

नेपालब्रिटेन संवाददाता
१२ कार्तिक २०८१, सोमबार ०३:३३

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेड वेस्ट ह्यामसँग पराजित भएको छ । शनिबार राति सम्पन्न खेलमा वेस्ट ह्यामले म्यानचेस्टर युनाइटेडलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

वेस्ट ह्यामको जितमा क्राइसेनसियो र जारोड बोवेनले एक एक गोल गरेका थिए । त्यस्तै म्यानचेस्टर युनाइटेडका लागि क्यासेमिरोले एक गोल गरेका थिए ।

यस खेलमा खेलको ९२औ मिनेटमा वेस्ट ह्यामले पाएको पेनाल्टी बारे विवाद भएको छ । भार रिभ्युले पेनाल्टी दिएपछि म्यानचेस्टर युनाइटेडले हार बेहोरेको थियो ।

यो जितपछि वेस्टह्यामको ९ खेलमा ११ अंक भएको छ र लिगमा १३औं स्थानमा छ । त्यस्तै म्यानचेस्टर युनाइटेडले भने यस सिजनमा चौथो हार बेहोरेको छ । ९ खेलमा ११ अंक रहेको म्यानचेस्टर युनाइटेड लिगमा १४औ स्थानमा रहेको छ ।

बराबरीमा रोकिए आर्सनल र लिभरपुल, सिटीलाई फाइदा

आर्सनल र लिभरपुल बराबरीमा रोकिएका छन् । इङलिश प्रिमियर लिग अन्तर्गत गएराती सम्पन्न खेलमा आर्सनल र लिभरपुल २-२ गोलको बराबरीमा रोकिएका हुन् ।

यस खेलमा आर्सनलका लागि बुकायो साका र मिकेल मेरिनोले एक एक गोल गरेका थिए भने लिभरपुलका लागि भिर्गिल भान डाइक र मोहमद सलाहले एक एक गोल गरेका थिए ।

यो बराबरीको फाइदा भने म्यानचेस्टर सिटीलाई भएको छ । लिभरपुल बराबरीमा रोकिएसँगै सिटी लिगको शिर्ष स्थानमा कायम रहेको छ । सिटीको ९ खेलमा २३ अंक रहेको छ ।

त्यस्तै यो बराबरीपछि लिभरपुलको ९ खेलमा २२ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ भने आर्सनलको ९ खेलमा १८ अंक रहेको छ र लिगमा तेस्रो स्थानमा रहेको छ ।