१ फाल्गुन २०८१, बिहीबार
Follow Us

काभ्रे सोसाईटी युकेद्धारा बाढी पिडितलाई सहयोग

नेपालब्रिटेन डट कम्
१४ कार्तिक २०८१, बुधबार ०२:३६

काभ्रे । काभ्रे सोसाईटी युकेले गत महिना असोजमा आएको बाढी-पहिरोले पुर्याएको भौतिक एवं मानवीय क्षतीप्रति सहयोग अभियान चलाएको थियो।

आफ्नो गृह जिल्ला काभ्रे पुगेको ठूलो क्षतिप्रति काभ्रे सोसाईटी युकेका अध्यक्ष नारायण फूयाल, कार्यसमिति टिमले समाजका सल्लाहकार तस्वीर लामाको संयोजनमा आर्थिक संकलन जम्मा पारेको हो। समाजका समाजसेवी र शुभचिन्तकहरूबाट स्वतःस्फूर्त रूपमा उठेको रकम काभ्रेपलाञ्चोक जिल्लाका बाढीपहिरो पीडितहरुका लागि उपलब्ध गराईएको छ । युकेमा बसोबास गर्ने नेपालीहरुको संस्थाबाट संकलित रकम जिल्लामा पीडित भएकाहरुका लागि उपलब्ध गराईएको हो।

काभ्रे सोसाईटी युकेका कोषाध्यक्ष जीवन थापाले वाढीपहिरोमा परेर निधन भएका ब्यक्तिका आफन्तलाई नगद रकम उपलब्ध गराएको बताए । प्रति ब्यक्ति १२ हजार ७ सयका दरले निधन भएका ७९ जनाका आफन्तलाई रकम हस्तान्तरण गरिने कोषाध्यक्ष थापाले बताए ।

काभ्रे सोसाईटी युकेका कोषाध्यक्ष जीवन थापाले वाढीपहिरोमा परेर निधन भएका ब्यक्तिका आफन्तलाई नगद रकम उपलब्ध गराएको बताए । प्रति ब्यक्ति १२ हजार ७ सयका दरले निधन भएका ७९ जनाका आफन्तलाई रकम हस्तान्तरण गरिने कोषाध्यक्ष थापाले बताए ।

उक्त कार्यका लागि उद्योग बाणिज्य संघ पनौतीका अध्यक्ष भोला थापा र महासचिव महेश पौडेलले समन्वय गरिरहेका छन् । सहयोग रकम पालिकाहरुमा, वडाहरुमा तथा मृतक ब्यक्तिका घर घर पुगेर समेत हस्तान्तरण गरिएको छ । पहिलो दिन बेथान्चोक र पनौती क्षेत्रका पीडितका आफन्तलाई उपलब्ध गराईएको छ भने बाँकी पीडितहरुलाई पालिका, वडा तथा विभिन्न पायक पर्ने स्थानबाट उपलब्ध गराउने कोषाध्यक्ष थापाले बताए । पनौती उद्योग बाणिज्य संघका अध्यक्ष भोला थापाले काभ्रे सोसाईटी युकेको सहयोगमा पनौती उद्योग बाणिज्य संघका तर्फबाट योगदान गर्न पाएकोमा खुशी ब्यक्त गरे ।

बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारी, उपाध्यक्ष तारा राना तिमल्सिना, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी, वडा अध्यक्षहरुको सहभागिता थियो । पनौती १० का वडा अध्यक्ष मोहन भण्डारी, १२ का अध्यक्ष जयराम केसी सहितको उपस्थितीमा पीडितहरुलाई राहत उपलब्ध गराईएको हो ।