बझाङ । बझाङमा अरिंगालको टोकाइबाट दिदीभाइको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा जिल्लाको थलारा गाउँपालिका–२ डोरगाउँका ३ वर्षीय सुरबिर खाती र ५ वर्षीया सिया खाती छन् ।
शनिबार दिउँसो घर नजिकै घाँस काट्ने क्रममा उनीहरुलाई अरिंगालले चिलेको बझाङ प्रहरी प्रमुख डिएसपी युवराज भण्डारीले बताए । भण्डारीका अनुसार अरिंगालले चिलेर मृतकहरुकी दिदी ७ वर्षीया सुमी खाती, आमा डम्मरा खाती र नाम बचन नखुलेकी हजुरआमा घाइते भएका छन् ।
उनीहरूको रायल प्राथमिक स्वास्थ केन्द्र देउरामा उपचार भइरहेको छ ।